FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको कार्यक्रममा सचिव पारस खड्काले टोलीले गत वर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्‍याउने विश्वास व्यक्त गरे। कप्तान रोहित पौडेलले टोलीको तयारी राम्रो भएको र विश्वकप छनोटका लागि बाँकी लिग–२ शृङ्खला निकै महत्वपूर्ण रहेको बताए।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले दबाबमुक्त भएर उत्कृष्ट प्रदर्शन गर्न टोलीलाई शुभकामना दिए।

नेपालले जुलाई २१ देखि सुरु हुने नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित लिग–२ शृङ्खलाअघि जर्सीमा तयारी क्याम्प गर्नेछ। त्यहाँ जुलाई १३ र १५ मा दुई अभ्यास एकदिवसीय खेल पनि खेल्ने क्यानले जनाएको छ।

यस शृङ्खलाका लागि टोलीको व्यवस्थापकमा श्रीधर केसी नियुक्त भएका छन् भने मुख्य प्रशिक्षक स्टुअर्ट ल केही समयपछि टोलीसँग जोडिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय