FLASH NEWS
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” ।

२३ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साविकका राष्ट्रियस्तरका निजामती कर्मचारी ट्रेड युनियन तथा कर्मचारी संगठनहरूले प्रयोग गर्दै आएका सरकारी भवन तथा संरचना तीन दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्बन्धित संगठनहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी काजगात, सम्पत्तिको जिम्मेवारी र भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनु पर्नेछ ।

मन्त्रालयका अनुसार नेपाल सरकारले २०८३ वैशाख २० गते नेपाल राजपत्रमा प्रकाशित ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ मार्फत निजामती सेवा ऐन, २०४९ अन्तर्गत रहेको निजामती कर्मचारीहरूको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेको छ ।

तोकिएको समयभित्र संरचना खाली नगरिए प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी पनि मन्त्रालयले दिएको छ । साथै, जिल्ला प्रशासन कार्यालयको रोहवरमा उक्त संगठनका भवनहरूमा समेत सूचना टाँसिएको मन्त्रालयले जनाएको छ ।

जारी सूचनाअनुसार स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल लगायतका संगठनले प्रयोग गरिरहेका संरचना खाली गर्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय