FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक आगामी एक वर्षसम्म सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन् ।

ट्राफिक जरिबानासम्बन्धी आफ्नो अभिव्यक्तिलाई लिएर विवाद चुलिएपछि मन्त्री पुनले शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत यस्तो घोषणा गरेका हुन् ।

उनले ‘आजदेखि कुनै पनि ठूला–साना युट्युबर, सामाजिक सञ्जाल तथा पत्रकारलाई अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक शब्द पनि अन्तर्वार्ता नदिने’ बताएका छन् ।

पुनले केही दिनअघि ट्राफिक जरिबानाका विषयमा आफूलाई जानकारी नभएको बताउँदासमेत युट्युबरहरूले पटक–पटक सोधेको दाबी गरेका छन् । ‘मैले ट्राफिक नियम अटेर गर्नेलाई जरिबाना गर्नुपर्छ भनेको हो । ५० हजार रुपैयाँ जरिबानाको कुरा उनीहरूले नै निकालेका हुन्,’ उनले उल्लेख गरेका छन् ।

यसअघि अन्तर्वार्ताका क्रममा ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिबाना गर्नुपर्ने आशयको अभिव्यक्ति दिएपछि मन्त्री पुनको व्यापक आलोचना भएको थियो ।

विवाद बढेपछि उनले उक्त अभिव्यक्ति फिर्ता लिँदै सार्वजनिक रूपमा माफीसमेत मागेका छन् । ‘मैले बोलेको कुरा फिर्ता लिन्छु । अचानक त्यसो बोल्दा अज्ञानवश कसैलाई चोट पुगेको भए क्षमा चाहन्छु,’ उनले लेखेका छन् ।

साथै, उनले ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गर्दै नियम उल्लंघन गर्नेहरूले आफ्नो व्यवहारबारे आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय