FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

एसीसी यू १९ महिला प्रिमियर कपमा नेपालले सिङ्गापुरलाई १५१ रनले पराजित गरेको छ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा आइतबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले बिना कुनै विकेटको क्षति १९९ रन बनाएको थियो।

नेपालले दिएको २०० रनको विशाल लक्ष्य पछाएको सिङ्गापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ४८ रन मात्रै बनाउन सक्यो।

सिङ्गापुरको लागि अंकिता वर्षा राजले सर्वाधिक १९ रन बनाइन्‌। उनीबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि बलिङतर्फ अनुकडायतले सर्वाधिक ३ विकेट लिइन्।

त्यसअघि ब्याटिङ गरेको नेपालले १९९ रनको बनायो । नेपालका लागि ओपनरद्वय साना प्रविण र सावित्री धामीले पहिलो विकेटका लागि साझेदारी बनाएर खेले। प्रविणले ७० बलमा १३ चौकासहित ९८ रनमा अविजित रहिन्। अर्की ओपनर धामीले ५३ बलमा समान १३ चौका सहित ७८ रन बनाउँदै अविजित रहिन्।‌

नेपालले पहिलो खेलमा कतारलाई १०५ रनले हराएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय