FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

थाइल्यान्डको राजधानी बैंककको चतुचक क्षेत्रमा रहेको एक बारमा आइतबार मध्यराति भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ।

घटनामा ६० जनाभन्दा बढी घाइते भएका छन्। धेरै जना अझै हराइरहेका आशंका गरिएको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडिओमा बारबाट उच्च ज्वाला निस्किरहेको र मानिसहरू आफ्नो ज्यान जोगाउन भागिरहेको देखिन्छ। केही मानिस चिच्याइरहेको र लडिरहेको देखिन्छ।

घटनास्थलमा पुगेका थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुलले अहिलेसम्म २७ जनाको शव निकालिएको र घाइतेहरूलाई अस्पताल भर्ना गरिएको बताए। उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए।

स्थानीय सञ्चारमाध्यमका अनुसार लगभग आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको छ। त्यतिन्जेलसम्म धेरै क्षति भइसकेको थियो। प्रारम्भिक जानकारीअनुसार मृतकहरूमा ९ पुरुष र १८ महिला छन्।

प्रधानमन्त्रीले आगलागीका बेला बारमा प्रस्तुति दिइरहेका एक संगीतकारलाई सोधपुछ गरिएको बताएका छन्। संगीतकारका अनुसार सुरुमा विद्युतीय कट-आउट स्विचबाट आगो सुरु भयो, त्यसपछि ठुलो विस्फोट भयो र केही क्षणमै आगो परिसरभरि फैलियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय