FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३१ असार काठमाडौं । निर्माता जनक घर्ती मगरले चलचित्र ‘आकाश वर्षा’को घोषणा गरेका छन् । टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै जनकले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् । ‘मितज्यू’ हलबाट उत्रिएको छोटो समयमै उनले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् ।

चलचित्रलाई सुदीप भजुले निर्देशन गर्नेछन् । जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने चलचित्रको टाइटल अनाउन्समेन्ट पोस्टरमा आकाशबाट हल्का वर्षा भइरहेको देखिएको छ ।

बादल, वर्षा र पृष्ठभूमिमा पहाड देखिन्छ । यसले मान्छको जीवनका दुःख, सुख र संघर्ष समेट्ने संकेत गर्छ । विशेषगरी सिमसिम पानीले जिन्दगीको एक खुसीको पनि संकेत गर्छ ।

चलचित्रको कलाकार र प्राविधिक केही पनि जानकारी गराइएको छैन ।

पछिल्लो समय लभस्टोरी सिनेमा कमै मात्रै बनिरहेका बेला जनकले यो जनराको सिनेमा बनाउने भएका हुन् । उनले यसुअघि दुईवटा चलचित्र सोसल ड्रामा निर्माण गरेका थिए ।

निर्माता जनक स्वयंको परिकल्पना रहेको चलचित्रका लेखक अमीर मगर रहेका छन् । जनकले यसअघि ‘घरज्वाइँ’ र ‘मितज्यू’ चलचित्र निर्माण गरेका थिए ।

यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय