FLASH NEWS
सिन्धुलीमा जीप दुर्घटना: चालकको मृत्यु, चार जना घाइते । सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस । आफूले आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाइयो : डा.शशांक कोइराला । ठमेलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिक पक्राउ । काँग्रेसको आधिकारिता आफुहरुले पाउने देउवाको दाबी । अनुसन्धानका नाममा सरकारले पूर्वाग्रह र प्रतिशोध राखेर काम गर्नुहुँदैन : गगन थापा । अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो । मंसिर २६ देखि काठमाडौंमा राप्रपाको महाधिवेशन, राप्रपाको क्रियाशील सदस्य एक लाख १० हजार । छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत । प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुन, २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार । मेची–महाकाली हुलाकी सडक पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह । अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनकी निर्देशक  हुआ याङले आज शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि–खाद्य प्रणाली, विकास तथा दक्षिण–दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको थियो ।

सोअवसरमा मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको सुदृढीकरण तथा अन्तरराष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि सहकार्य अझ विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो ।

भेटका अवसरमा  सीमापार पशुरोग नियन्त्रण, जलवायु परिवर्तनअनुकूल कृषि विकास, कृषि प्रयोगशालाको क्षमता अभिवृद्धि तथा मान्यताप्राप्त प्रयोगशाला स्थापना, उच्च मूल्यका कृषि उपजको निर्यात प्रवर्द्धन तथा भौगोलिक सङ्केतसम्बन्धी कानुनी तथा संस्थागत व्यवस्थालाई सुदृढ तुल्याउने विषय छलफल भएको मन्त्रालयले जनाएको छ ।

उहाँहरुबीच दिगो, उत्थानशील तथा समावेशी कृषि तथा खाद्य प्रणाली विकासका लागि साझेदारीलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय