FLASH NEWS
सिन्धुलीमा जीप दुर्घटना: चालकको मृत्यु, चार जना घाइते । सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस । आफूले आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाइयो : डा.शशांक कोइराला । ठमेलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिक पक्राउ । काँग्रेसको आधिकारिता आफुहरुले पाउने देउवाको दाबी । अनुसन्धानका नाममा सरकारले पूर्वाग्रह र प्रतिशोध राखेर काम गर्नुहुँदैन : गगन थापा । अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो । मंसिर २६ देखि काठमाडौंमा राप्रपाको महाधिवेशन, राप्रपाको क्रियाशील सदस्य एक लाख १० हजार । छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत । प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुन, २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार । मेची–महाकाली हुलाकी सडक पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह । अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि ।

राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा हुने महाधिवेशनको तयारीका लागि १६ वटा विभिन्न समितिहरू गठन गरेको छ।  बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेता निरञ्जन थापाको अध्यक्षतामा रहेको विधान मस्यौदा समितिमा सदस्यहरू थप गर्ने निर्णय समेत भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

अध्यक्ष लिङ्देनले सुनसरीमा भएको धार्मिक तथा जातीय द्वन्द्वको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारको कमजोरीका कारण देशले क्षति व्यहोर्नुपरेको बताए। उनले यस्ता संवेदनशील विषयमा सरकारलाई सचेत रहन आग्रह गर्दै घटनाका पीडितलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरे।

देशमा बढ्दो धार्मिक र जातीय विवादको मुख्य जड वर्तमान संविधान र यसले अंगीकार गरेका कतिपय व्यवस्था नै रहेको दाबी गर्दै राप्रपाले नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउनुपर्ने अडान दोहोर्‍याएको छ।

सत्ता नेतृत्व र शक्तिको बाँडफाँटका सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा लिङ्देनले पार्टी सभापतिभन्दा बाहिरको व्यक्तिले सत्ताको नेतृत्व गर्दा शक्ति पृथकीकरणमा समस्या देखिनु स्वाभाविक रहेको टिप्पणी गरे। उनले राप्रपाले सडक र सदन दुवै ठाउँबाट हिन्दू राष्ट्रको मुद्दालाई निरन्तर उठाउने र आगामी दिनमा यसलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय