FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  प्रदेश सरकारमा सहभागिताका विषयमा आवश्यक निर्णय लिने जिम्मा अध्यक्षलाई दिएको छ। बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार गठन र समीकरणमा भइरहेका गतिविधिहरूलाई नजिकबाट नियाल्दै उपयुक्त समयमा उचित निर्णय लिने नीति लिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै  लिङ्देनले राप्रपा हालसम्म प्रदेश सरकार निर्माणका सत्ताकेन्द्रित गतिविधिमा सामेल नरहेको स्पष्ट पारे। उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको सत्ता समीकरणमा पार्टीको तत्कालै कुनै संलग्नता नभए पनि परिस्थिति फेरबदल भएमा पार्टीले आफ्नो भूमिका तय गर्ने बताए। विशेष परिस्थिति सिर्जना भई निर्णय नै गर्नुपर्ने अवस्था आएमा त्यसको सम्पूर्ण अख्तियारी अध्यक्षलाई सुम्पिने निर्णय बैठकले गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय