३ भदौ, काठमाडौं । नेकपा एमालेका किरण थापा मगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । थापाले राप्रपासहित विभिन्न तीन दलका गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
एमाले संसदीय दलको बैठकले थापामगरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेछ ।
बागमती प्रदेश सभा १०४ सदस्यीय रहेको छ । नेपाली कांग्रेसको ३६ सीट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सीट छ ।








