FLASH NEWS
सिन्धुलीमा जीप दुर्घटना: चालकको मृत्यु, चार जना घाइते । सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस । आफूले आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाइयो : डा.शशांक कोइराला । ठमेलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिक पक्राउ । काँग्रेसको आधिकारिता आफुहरुले पाउने देउवाको दाबी । अनुसन्धानका नाममा सरकारले पूर्वाग्रह र प्रतिशोध राखेर काम गर्नुहुँदैन : गगन थापा । अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो । मंसिर २६ देखि काठमाडौंमा राप्रपाको महाधिवेशन, राप्रपाको क्रियाशील सदस्य एक लाख १० हजार । छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत । प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुन, २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार । मेची–महाकाली हुलाकी सडक पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह । अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि ।

३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई-मधेसमा छठ पर्वपछि पार्टीका सांसदहरूले जनताको आक्रोश सामना गर्नुपर्ने दाबी गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले बोलाएको मन्त्री तथा सांसदहरूको सामूहिक छलफलमा सांसद सिंहले यस्तो धारणा राखेको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति गगन थापालाई सर्लाही–४ बाट पराजित गर्दै चर्चामा आएका सिंहले सरकारका कमजोरीबारे आफूले निरन्तर प्रश्न उठाउँदै आएको बताएका थिए । बैठकमा उनले आफूलाई एक साताको समय दिए सरकारका सयवटा गल्ती सार्वजनिक गरिदिने दाबीसमेत गरेका थिए।

‘मलाई एक हप्ता दिनुहोस्, म सरकारका एक सय गल्ती निकालिदिन्छु,’ सिंहले बैठकमा भनेको स्रोतले जनाएको छ । त्यस क्रममा उनले मधेसमा छठ पर्वपछि रास्वपाका सांसदहरूले जनताको आक्रोशका कारण पिटाइ खानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको बताइएको छ ।

तराई-मधेस क्षेत्रमा तिहारपछि विशेष महत्वका साथ मनाइने छठ पर्वमा श्रद्धालुहरूले सूर्यको उपासना गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्ने गर्छन् ।

पछिल्लो समय सांसद सिंह रास्वपा नेतृत्व तथा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनले पार्टीभित्र तथा सार्वजनिक रूपमा सरकार र पार्टी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका कारण उनका अभिव्यक्तिहरू विवादमा समेत पर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय