FLASH NEWS
सिन्धुलीमा जीप दुर्घटना: चालकको मृत्यु, चार जना घाइते । सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस । आफूले आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाइयो : डा.शशांक कोइराला । ठमेलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिक पक्राउ । काँग्रेसको आधिकारिता आफुहरुले पाउने देउवाको दाबी । अनुसन्धानका नाममा सरकारले पूर्वाग्रह र प्रतिशोध राखेर काम गर्नुहुँदैन : गगन थापा । अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो । मंसिर २६ देखि काठमाडौंमा राप्रपाको महाधिवेशन, राप्रपाको क्रियाशील सदस्य एक लाख १० हजार । छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत । प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुन, २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार । मेची–महाकाली हुलाकी सडक पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह । अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि ।

११ भदौ, जनकपुर । चीनतर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मधेश प्रदेशका ३० जना नागरिक सम्पर्कविहीन भएका छन् । मधेश प्रदेश प्रहरी कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका प्रदेशका विभिन्न जिल्लाका नागरिकहरूको नामावली सार्वजनिक गरेको हो ।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पर्सा तथा पर्सामा अस्थायी बसोबास गर्नेहरूमध्ये वीरगञ्ज–१४ का नग नारायण पटेल, कलैया-२२ का सुबोध पटेल र अरुण हजरा, वीरगञ्ज-१५ का श्यामबाबु ठाकुर तथा पृथ्वी चौधरी, वीरगञ्ज-१३ का कमरुल होदा अंसारी, वीरगञ्ज-४ का अनुतम बहादुर श्रेष्ठ, बरियारपुर-८ का सुभाष पटेल, परवानीपुर-४ का समिम देवान र निजगढका दिनेश परियार सम्पर्कविहीन छन् । यस्तै पर्सामा बस्दै आएका हेटौँडाका उकेश दंगोल, अभिषेक बास्तोला, घनश्याम बास्तोला, सिन्धुलीका संजय तामाङ र पालुङका आकाश तामाङको पनि खोजी भइरहेको छ ।

यसैगरी बाराको परवानीपुर–५ का ३५ वर्षीय नम नारायण सिंह, कलैया-२२ का २३ वर्षीय सत्य प्रकाश राम र आदर्श कोतवाल–१ का २३ वर्षीय अन्कित पटेल सम्पर्कमा छैनन् । रौतहटको वृन्दावन-२ का ३४ वर्षीय गौरव राउत र ईशनाथ-४ का १९ वर्षीय शेख मजिद पनि बाढीपछि सम्पर्कविहीन रहेका छन् । सर्लाहीको लालबन्दी-९ का ५२ वर्षीय माधव काफ्ले र उनका २२ वर्षीय छोरा अनुज काफ्लेसहित लालबन्दी-५ का कृष्णप्रसाद धमला, द्वारिका दंगाल, चिरञ्जीवी खतिवडा तथा हरिवन–५ का सुनिल कुशवाहा बेपत्ता सूचीमा छन् । यस्तै सप्तरीको विष्णुपुर–१ का अजय कुमार यादव र शम्भुनाथ-८ का साजन चौधरीको पनि अवस्था अज्ञात छ ।

प्रहरीका अनुसार सम्पर्कविहीनको सूचीमा रहेका सर्लाही लालबन्दीका ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तानको भने सकुशल उद्धार भई सम्पर्कमा आइसकेका छन् । साथै यसअघि सम्पर्कविहीन भनिएका धनुषाका दुई जना नागरिक पनि गएराति नै सकुशल सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

बाँकी व्यक्तिहरूको अवस्था पत्ता लगाउन सम्बन्धित सुरक्षा निकायहरूसँग तीव्र समन्वय र खोजी भइरहेको छ । प्रदेश प्रहरी कार्यालयले प्रभावित परिवार तथा आफन्तजनलाई विचलित नहुन आग्रह गर्दै उनीहरूबारे कुनै पनि जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनमा तुरुन्त सम्पर्क गर्न अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय