FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

११ भदौ, बागमती । मकवानपुरका स्थानीयवासीले बाढी प्रभावित जिल्लामा गएका ४० जनाको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन् ।

जिल्लाका विभिन्न स्थानबाट उक्त क्षेत्रमा गएका तर सम्पर्क हुन नसकेका आफ्ना आफन्तहरूबारे बुझिदिन स्थानीयवासीले प्रशासनसँग अनुरोध गर्नुभएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिएका छन् ।

“उक्त क्षेत्रमा मकवानपुर स्थायी बसोबास भई गोसाइँकुण्डलगायत स्थानमा दर्शन गर्न तथा घुम्न गएका, उक्त क्षेत्रमा सवारीसाधन चलाउँदै आएका तथा अन्य विभिन्न पेसामा आबद्ध ४० जना व्यक्तिका सम्बन्धमा आफन्तहरूले सम्पर्क हुन नसकेको जनाउँदै प्रशासनमा बुझिदिन अनुरोध गर्नुभएको छ”, उनले, “उक्त क्षेत्रमा सहज सञ्चार सम्पर्क नभएका कारण कतिपयको अवस्था जानकारी नभएको पनि हुनसक्छ, हामीले अनुरोध भएअनुसार सम्बन्धित निकायसँग बुझ्ने प्रयास गरिरहेका छौँ ।”

हेटौँडा प्रदेशको राजधानीसमेत भएका कारण विपद्को उद्धार, सहयोगलगायतका काममा आवश्यकता अनुसार तत्तत् युनिटहरू परिचालनसमेत भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय