FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१२ भदौ, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई हालै नेपालमा भएको पहिरो विपद्प्रति शोक सन्देश पठाएका छन्। आफ्नो सन्देशमा सीले चीन र नेपालबीचको केरुङ-रसुवा सीमा नाकामा हालै गएको भीषण पहिरोमा ठूलो मानवीय क्षति हुनुका साथै मानिसहरू बेपत्ता भएको र सम्पत्तिमा क्षति पुगेको उल्लेख गरेका छन्।

चिनियाँ सरकार र जनताका तर्फबाट सीले मृतकहरूप्रति गहिरो समवेदना तथा शोकसन्तप्त परिवार, घाइते र विपद् प्रभावित क्षेत्रका मानिसहरूप्रति हार्दिक सहानुभूति व्यक्त गरेका छन्।

सीले चीनले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार, प्रभावित मानिसहरूको स्थानान्तरण तथा पुनःस्थापना, घाइतेहरूको तत्काल उपचार, मानवीय क्षति न्यूनीकरण र थप विपद् हुन नदिन हरसम्भव प्रयास गरिरहेको बताएका छन्।

चीन र नेपाल हिमाल र नदीद्वारा जोडिएका तथा साझा भविष्य भएका मुलुक रहेको उल्लेख गर्दै सीले नेपालका उद्धार प्रयासमा सक्रिय रूपमा सहयोग गर्न र आफ्नो क्षमताले भ्याएसम्म आवश्यक सहयोग तथा समर्थन उपलब्ध गराउन चीन तयार रहेको बताएका छन्।

दुवै देशका जनताले मिलेर विपद्लाई पार गर्दै यथाशीघ्र आफ्नो घर पुनर्निर्माण गर्न सक्ने विश्वास पनि सीले व्यक्त गरेका छन्। सोही दिन चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई शोक सन्देश पठाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय