१५ भदौ, काठमाडौं । बाढी, पहिरो तथा अविरल वर्षाका कारण मुख्य राजमार्ग तथा सडकखण्डमा सोमबार पनि सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीको सोमबार बिहान ६ बजेसम्मको विवरण अनुसार कोशी र बागमती प्रदेशका केही प्रमुख सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छन् ।
बागमती प्रदेशमा बाढी तथा पहिरोका कारण विभिन्न सडकखण्ड प्रभावित भएका छन् । रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढीका कारण त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । उक्त सडकमा २०८३ भदौ १० गते बिहान ८ बजेदेखि अवरोध रहेको छ र लामो समयसम्म अवरोध रहने जनाइएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका-८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोका कारण टोखा–छहरे सडकखण्ड प्रभावित भएको छ । त्यस्तै, बाढीका कारण पासाङल्हामु सडकखण्डमा पनि सवारी आवागमन प्रभावित भएको छ ।
मकवानपुरमा बाढी तथा पहिरोका कारण हेटौंडा-ठिंगन-बागमती सडकखण्ड प्रभावित छ। कान्तिलोकपथअन्तर्गतको उक्त सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोका कारण टोखा–छहरे सडकखण्ड प्रभावित भएको छ। त्यस्तै, बाढीका कारण पासाङल्हामु सडकखण्डमा पनि सवारी आवागमन प्रभावित भएको छ ।
काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी सडकखण्डमा २०८३ जेठ २२ गते साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने परिस्थितिको अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ ।






