FLASH NEWS
सिन्धुलीमा जीप दुर्घटना: चालकको मृत्यु, चार जना घाइते । सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस । आफूले आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाइयो : डा.शशांक कोइराला । ठमेलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिक पक्राउ । काँग्रेसको आधिकारिता आफुहरुले पाउने देउवाको दाबी । अनुसन्धानका नाममा सरकारले पूर्वाग्रह र प्रतिशोध राखेर काम गर्नुहुँदैन : गगन थापा । अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो । मंसिर २६ देखि काठमाडौंमा राप्रपाको महाधिवेशन, राप्रपाको क्रियाशील सदस्य एक लाख १० हजार । छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत । प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुन, २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार । मेची–महाकाली हुलाकी सडक पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह । अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि ।

१५ भदौ, जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले देश अहिले संकटमा रहेको बताएका छन् । यस संकटको समयमा सरकारको आलोचना गर्नुभन्दा सरकारलाई आवश्यक सल्लाह सुझाव दिने समय रहेको उनले धारणा राखेका छन् ।

आइतबार जनकपुरधाममा आयोजित एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले सरकारको कामप्रति आफूले नजर राखेको बताए । उनले विषम परिस्थितिमा सरकारलाई समस्या समाधान गर्न आवश्यक सुझाव दिएको जानकारी गराए । हराएका व्यक्तिहरूको खोज तलास गर्न र गाडिएका शवहरू निकालेर आफन्तको जिम्मा लगाउन आफूले सरकारलाई सुझाव दिएको सहसंयोजक नेपालले बताए । उनले भारतमा समेत बगेर शवहरू भेटिरहेको जानकारी गराउँदै सरकारलाई त्यसतर्फ पनि ध्यानाकर्षण गराए । राहत वितरण र समस्यामा परेकाहरूलाई साथ दिन सरकारलाई पार्टीले सहयोग गर्ने उनले प्रतिबद्धता जाहेर गरे ।

सहसंयोजक नेपालले सरकारलाई आगामी दिनहरूमा फेरि पनि यस्तै विपद्को सामना गर्नुपरे त्यसका निम्ति तयार रहन अहिलेदेखि नै बन्दोबस्त गरेर राख्न पनि सुझाव दिए । आफू प्रधानमन्त्री भएको समयमा जलवायु संरक्षण गर्ने उदाहरण प्रस्तुत गर्न सगरमाथामा क्याबिनेटको बैठक बसेको सुनाउँदै सहसंयोजक नेपालले प्रकृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

सहसंयोजक नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई वडा स्तरसम्म गएर आफ्नो पार्टीले विगतमा गरेका कामकाजहरूबारे जानकारी गराउन निर्देशन दिए । उनले प्रचारप्रसारमा आफूहरू चुकेको स्विकार्दै अब जनतामाझ गएर आफू र आफ्नो पार्टीले गरेका कामहरू बारे टिपोट गरेर अवगत गराउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय