FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१५ भदौ, काठमाडौं, नेपालले एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा बहराइनलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलमा बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। अर्जुन कुमाल ३६ र रोहित पौडेल १९ रनमा अविजित रहे। अर्जुनले ५८ बलमा पाँच चौका तथा रोहितले १४ बलमा एक चौका र एक छक्का प्रहार गरे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो। नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित १४ रन खर्चेर पाँच विकेट लिए।

ललित राजवंशीले ६.२ ओभरमा २० रन खर्चेर तीन तथा करण केसीले आठ ओभरमा १४ रन खर्चेर दुई विकेट लिए। बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए।

कप्तानीमा पुनरागमन गरेका सन्दीपले पहिलो बलमै विकेट लिँदै उत्कृष्ट सुरुवात गरेका थिए।

नेपालले अब दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ। प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय