FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१५ भदौ, ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ । ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको क्वार्टरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको पाँचौँ मिनेटमा झापा-११ का आयुष घलानले गोल गरे । नेपाल पुलिस क्लबले गोलका लागि उत्कृष्ट प्रयास गरे पनि गोल गर्न नसक्दा क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

नेपाल पुलिस क्लबलाई पराजित गरेसँगै झापा-११ ले सेमिफाइनलमा फिदिम स्पोर्टिङ क्लबसँगको भेट पक्का गरेको छ । फिदिमले चित्लाङ एफसीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यी दुई टोलीबीचको खेल भदौ १७ गते हुनेछ ।

यस्तै, मङ्गलबार सेमिफाइनलको पहिलो खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब र सिराहाको सलहेश युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । भारतको जर्जियन युनाइटेडले आयोजक ताप्लेजुङ-११ लाई २-१ तथा सलहेशले सातदोबाटो एफसीलाई टाइब्रेकरमा ४-३ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिता भदौ १९ गतेसम्म सञ्चालन हुनेछ । आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८३ तथा उपविजेताले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय