१६ भदौ, काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा सामान्य घटेको छ । आज सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४२९।३९ अमेरिकी डलर र चाँदी ६६।४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






