FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१६ भदौ, काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गरेका छन् । आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको हो ।

प्रतिनिधिसभा बैठकमा सभामुखले महाविपत्तिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची स्वीकृत भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।

उनले भने, ‘महाविपत् पछाडि अनिश्चितकालका लागि स्थगित सदनलाई सुचारु गर्न आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो । बैठकले १८ गते, २२ गते र १७ गते कुन दिन उपयुक्त हुन्छ भनेर एउटा प्रस्ताव गरेको थियो । जसमा १७ गते सभामुखकै तर्फबाट राष्ट्रिय विपद् बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्ने र सदनलाई चाँही सुचारु गर्ने त्यसपछाडि १८ गते अर्को बैठक बस्ने त्यसपछाडि तीन दिन सार्वजनिक बिदा छ । त्यसपछि २२ गतेबाट सुरु गर्ने । सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गरेमा भने संसद्को नियमित ‘बिजनेस’ भदौ २३ गतेदेखि सुरु हुनेछ ।’

उनका अनुसार विशेष प्रस्तावमाथि संसदमा प्रतिनिधित्व गर्ने ६ दलका नेताहरूलाई महाविपत्तिकेन्द्रित विषयमा धारणा राख्न दिने सहमति भएको छ । विशेष प्रस्तावमा प्रस्तावक र समर्थक रहने व्यवस्था भने गरिएको छैन ।

प्रतिनिधिसभाको बैठक भदौ १७ र १८ गते दुई दिन सञ्चालन हुनेछ । त्यसपछि तीन दिन सार्वजनिक बिदा रहेकाले संसद् बैठक भदौ २२ गतेदेखि पुनः सञ्चालन हुने बताइएको छ ।

सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गरेमा भने संसद्को नियमित ‘बिजनेस’ भदौ २३ गतेदेखि सुरु हुने जानकारी परियारले दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय