FLASH NEWS
सिन्धुलीमा जीप दुर्घटना: चालकको मृत्यु, चार जना घाइते । सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस । आफूले आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाइयो : डा.शशांक कोइराला । ठमेलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिक पक्राउ । काँग्रेसको आधिकारिता आफुहरुले पाउने देउवाको दाबी । अनुसन्धानका नाममा सरकारले पूर्वाग्रह र प्रतिशोध राखेर काम गर्नुहुँदैन : गगन थापा । अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो । मंसिर २६ देखि काठमाडौंमा राप्रपाको महाधिवेशन, राप्रपाको क्रियाशील सदस्य एक लाख १० हजार । छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत । प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुन, २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार । मेची–महाकाली हुलाकी सडक पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह । अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि ।

१७ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल जारी छ । छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले भोटेकोशी बाढीका कारण अझैं पनि विभिन्न स्थानमा मानिसहरू उद्धारको पर्खाइमा रहेको बताएका छन् ।

खरेलले बाढी प्रभावित कतिपय मानिस टनेल, कुनाकाप्चा तथा खाल्डाखुल्डीमा थोरै पानी खाएर भए पनि उद्धारको आशामा बसिरहेको हुन सक्ने बताए । ‘अहिले पनि भोटेकोसी बाढीबाट कतै टनेलतिर, कतै कुनाकाप्चातिर र कतै खाल्डोतिर स्वदेशी वा विदेशी मानिसहरु थोरै पानी खाएर भए पनि उद्धारको पर्खाइमा बसिरहेका छन्,’ उनले भने, ‘कोही आउँछ र मेरो जीवन बचाउँछ भनेर पर्खिरहेका छन् कि भन्ने सोचले मेरो मन अधैर्य भइरहेको छ ।’

दर्जनौँ मानिस अझंै जीवनको आशामा उद्धारको प्रतीक्षा गरिरहेको हुन सक्ने उनले बताए । बाढीका कारण ठूलो मानवीय क्षति भएको बताउँदै उनले एक हजारभन्दा बढी शव प्राप्त भएको बताए ।

उनले भने, ‘हामी यो अवस्थामा छौँ । हजार भन्दा बढी शवहरू प्राप्त भएको छ । कयौँको पहिचान भएको छैन । ४ हजारको हाराहारीमा मानिस हराएका छन् । नेपाल सरकारको अगुवाइमा हामीले १२ हजार भन्दा बढीको उद्धार गर्न सकेका छौँ ।’

उनका अनुसार करिब ४ हजार मानिस अझै हराइरहेका छन् । यद्यपि, नेपाल सरकारको अगुवाइमा १२ हजारभन्दा बढी मानिसको उद्धार गर्न सफल भएको उनले बताए । खरेलले विपद्का विषयमा नकारात्मक ‘न्यारेटिभ’ निर्माण नगर्न पनि आग्रह गरे । ‘केही भएको छैन भन्ने होइन, धेरै भइरहेको छ । रातदिन काम भइरहेको छ । तपाईं–हामी सबै लागिरहेका छौँ,’ उनले भने ।

उनले अप्रत्याशित र अकल्पनीय रूपमा आएको बाढीको सामना सबै मिलेर गर्नुपर्नेमा जोड दिए । साथै, उद्धारका क्रममा विदेशी नागरिकलाई पनि नेपाली नागरिकसरह प्राथमिकतामा राखेर उद्धार गरिएको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय