FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१७ भदौ, काठमाडौं । भदौ १० गते भोटेकोशी नदी क्षेत्रमा आएको अभूतपूर्व बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई सरकारले तीव्रता दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बुधबार आयोजित मन्त्रालयको पाँचौँ दैनिक पत्रकार सम्मेलनमा बाढीबाट हालसम्म १ हजार १ सय १४ जनाको शव फेला परेको, करिब ३ हजार ९ सय जना अझै बेपत्ता रहेको र ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको जानकारी दिए ।

उद्धार गरिएकामध्ये ३ सयभन्दा बढी विदेशी नागरिक रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये पाँच जना सम्पर्कमा आएर सुरक्षित रहेको जनाइएको छ । यस्तै, ३४ देशका करिब ५ सय ९० विदेशी नागरिक अझै बेपत्ता रहेको प्रवक्ता क्षेत्रीले बताए । खोजी तथा पहिचानको काम जारी रहेकाले यी तथ्यांक परिवर्तन हुन सक्ने मन्त्रालयले जनाएको छ ।

प्रवक्ता क्षेत्रीले आधिकारिक रूपमा पुष्टि भएका विवरणलाई मात्र आधार बनाउन सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरे । अद्यावधिक सूचना मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल पर्यटन बोर्डलगायत सम्बन्धित सरकारी निकायमार्फत सार्वजनिक गरिने उनले बताए ।

बाढीपछि नदीको बहाव क्षेत्र आसपासका विभिन्न सुरुङमा मानिस फसेको आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित भारतीय, चिनियाँ र दक्षिण कोरियाली उद्धार टोलीले खोजी तथा उद्धार कार्य जारी राखेका छन् ।

लाङटाङ र चिलिमे क्षेत्रमा नेपाली सेना तथा भारतीय उद्धार टोलीले २९ अगस्टमा प्रारम्भिक निरीक्षण गरेको थियो । त्यसको भोलिपल्ट उद्धार टोली लाङटाङतर्फको सुरुङभित्र करिब १५० मिटर प्रवेश गरे पनि मानिस वा शव फेला पार्न सकेन । सुरुङको थप भाग अवरुद्ध रहेकाले खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ ।

चिलिमेतर्फको अर्को संयुक्त टोलीले सुरुङभित्र करिब २० मिटर प्रवेश गरी खोजी गरे पनि कुनै मानिस वा शव फेला नपरेको जनाइएको छ ।

उत्तरी त्रिशूली क्षेत्रमा नेपाली सेना र चिनियाँ उद्धार टोलीले डुंगा प्रयोग गरी सुरुङभित्र करिब २०० मिटर प्रवेश गरेर खोजी गरेको छ । थप उपकरणको सहयोगमा उक्त कार्यलाई निरन्तरता दिइनेछ । सो क्षेत्रमा दक्षिण कोरियाली उद्धार टोलीसमेत परिचालित भएको मन्त्रालयले जनाएको छ ।

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङको अन्त्यतर्फ कम्प्रेसर र रक ब्रेकरसहित तीनवटा एक्साभेटर प्रयोग गरी निकास बनाउने प्रयास गरिएको थियो । तर पानीको उच्च बहावका कारण त्यहाँबाट खोजी गर्न कठिन भएपछि सुरुङको बाहिरी भागबाट वैकल्पिक निकास बनाउने प्रयास भइरहेको छ ।

त्रिशूली–३ ‘बी’ मा नेपाली सेनाले आयोजनाको प्राविधिक टोलीको सहयोगमा आयोजना कार्यालय तथा आवासीय क्षेत्र पहिचान गरेको छ । अहिले एक्साभेटर प्रयोग गरी त्यहाँ पुग्ने पहुँचमार्ग पुनःस्थापना गर्ने काम भइरहेको छ ।

रसुवागढीस्थित सुरुङमा नेपाली सेना र आयोजनाको प्राविधिक टोली करिब २०० मिटरभित्र प्रवेश गरी खोजी गरे पनि कुनै मानिस वा शव फेला नपरेको मन्त्रालयले जनाएको छ । सुरुङको भित्री भाग पूर्ण रूपमा अवरुद्ध रहेकाले खोजी कार्य जारी छ ।

बाढीमा फेला परेका शवको पहिचानका लागि नेपाल प्रहरीले विदेशी विशेषज्ञ टोलीको सहयोगमा डीएनए परीक्षणलाई तीव्रता दिएको छ ।

भारतबाट आएको १९ सदस्यीय फरेन्सिक टोलीले नेपाल प्रहरीसँगको सहकार्यमा डीएनए नमुना विश्लेषण गरिरहेको छ । चीनबाट पाँच सदस्यीय विशेष फरेन्सिक टोलीसमेत नेपाल आइपुगेको छ ।

त्यस्तै, सिङ्गापुरबाट ६ सदस्यीय विपद् पीडित पहिचान टोली नेपाल आइपुगेको छ । डीएनए परीक्षण उपकरणसहित थप १३ सदस्यीय टोली बुधबार नै नेपाल आउने मन्त्रालयले जनाएको छ । उच्च क्षमताका ड्रोन तथा अन्य आवश्यक सामग्रीसहित थप सदस्यहरू बिहीबार टोलीमा सहभागी हुनेछन् ।

दक्षिण कोरियाको थप फरेन्सिक टोली पनि आवश्यक उपकरणसहित खोजी तथा पहिचान कार्यमा जोडिएको छ ।

खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन लिडार उपकरण, बेली ब्रिज, शव संरक्षणका लागि फ्रिजर, डीएनए परीक्षण किट, सामान ओसार्ने सवारीसाधन, शव राख्ने झोला, उच्च क्षमताका ड्रोन र जीन सिक्वेन्सरलगायत सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता प्रभावकारी रूपमा परिचालन भइरहेको मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय साझेदार तथा मित्रराष्ट्रबाट थप राहत सामग्री र सहयोग प्राप्त हुने क्रम जारी छ ।

बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक पर्ने सामग्री तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त र घोषणा भएका सहयोगको विवरण अद्यावधिक गरिएको र सो सूची चाँडै सार्वजनिक गरिने प्रवक्ता क्षेत्रीले बताए ।

बाढीका कारण चीनको तिब्बततर्फ रोकिएका नेपाली तथा विदेशी नागरिकलाई नेपाल फर्कन चीन सरकारले सहजीकरण गरेको मन्त्रालयले जनाएको छ ।

बाढी आएको समयमा कैलाश पर्वततर्फ जाने–आउने क्रममा रहेका अनुमानित ३ हजार मानिसमध्ये करिब २ हजार ५ सय जना, अधिकांश तीर्थयात्री, हिल्सा र तातोपानी नाकाबाट नेपाल फर्किसकेका छन् । बाँकीलाई पनि स्वदेश फर्कन सहजीकरण गरिएको र केही नेपाली ल्हासाबाट हवाईमार्ग हुँदै फर्किरहेको मन्त्रालयले जनाएको छ ।

हाल करिब १ हजार ५ सय नेपाली नागरिक केरुङमा रहेको जनाइएको छ । उनीहरूलाई छिटो स्वदेश फर्काउन चिनियाँ पक्षसँग समन्वय भइरहेको छ ।

केरुङमा रहेका १७६ नेपाली ट्रक तथा कन्टेनरलाई उपयुक्त सीमा नाकाबाट नेपालतर्फ ल्याउन मार्ग परिवर्तन गर्न पनि चिनियाँ अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, बाढी आएको दिन चीनतर्फको सीमा क्षेत्रमा करिब १ सय नेपाली नागरिक बेपत्ता भएको विवरण प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय