FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१८ भदौ, काठमाडौं । एप्पलले आगामी सेप्टेम्बर ९ मा आफ्नो वार्षिक विशेष कार्यक्रम आयोजना गर्दै आइफोन १८ शृंखला सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले उक्त मिति आधिकारिक रूपमा घोषणा गरिसकेको छ भने कार्यक्रममा पहिलो पटक फोल्डेबल ‘आइफोन अल्ट्रा’ समेत सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ ।

एप्पल पार्कको स्टिभ जब्स थिएटरमा हुने कार्यक्रम नेपाली समयअनुसार राति करिब १०ः४५ बजे सुरु हुनेछ र युट्युब, एप्पलको वेबसाइट तथा एप्पल टिभीमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।

रिपोर्टहरूका अनुसार कार्यक्रममा आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स मुख्य आकर्षण रहनेछन् । यी मोडलमा नयाँ ए २० प्रो चिप, क्यामेरामा सुधार र केही डिजाइन परिवर्तन समावेश हुने अपेक्षा गरिएको छ । साथै, पुस्तकजस्तै मोडिने फोल्डेबल आइफोन अल्ट्रा एप्पलको स्मार्टफोन इतिहासकै ठूलो डिजाइन परिवर्तन हुन सक्ने विश्लेषण गरिएको छ ।

यस्तै, एप्पलले आफ्नो नेभिगेसन सेवा एप्पल म्याप्समा आधिकारिक रूपमा विज्ञापन सुविधा सुरु गरेको छ । कम्पनीका अनुसार यो सुविधा आगामी केही साताभित्र थप प्रयोगकर्तामाझ विस्तार गरिनेछ ।

एप्पल म्याप्समा देखिने विज्ञापनहरू निलो रंगको ‘एड’ चिन्हसहित देखिनेछन् । जुन गुगल म्याप्समा लामो समयदेखि प्रयोग हुँदै आएको विज्ञापन प्रणालीसँग मिल्दोजुल्दो छ । कम्पनीका अनुसार विज्ञापन दुई स्थानमा देखिनेछन् । खोजी गर्नुअघि देखिने सजेस्टेड प्लेसमा विज्ञापन समावेश हुनेछ भने खोजी गरेपछि सम्बन्धित सर्च रिजरल्टमा पनि विज्ञापन देखाइनेछ ।

एप्पलले भने म्याप्समा विज्ञापन थपिए पनि प्रयोगकर्ताको गोपनीयतामा कुनै सम्झौता नहुने जनाएको छ । कम्पनीका अनुसार प्रयोगकर्ताको लोकेसन, विज्ञापन हेर्ने वा त्यसमा गरेको अन्तरक्रिया एप्पल अकाउन्टसँग जोडिने छैन । व्यक्तिगत जानकारी प्रयोगकर्ताकै डिभाइसमा सुरक्षित रहने, एप्पलले संकलन वा भण्डारण नगर्ने र तेस्रो पक्षसँग साझेदारी पनि नगर्ने दाबी कम्पनीको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय