FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१९ भदौ काठमाडौं । लेखक राजाराम पाण्डेको नयाँ पुस्तक ‘स्वर चिकित्सा तथा नाडी विज्ञान’ सार्वजनिक गरिएको छ। भुँडिपुराण प्रकाशनद्वारा प्रकाशित पुस्तक आज एक कार्यक्रमका बीच Gen Alpha उमेर समुहकी सृष्टि खकुरेलले गरेकी हुन् ।

पुस्तकमा प्राचीन योग, आयुर्वेद तथा प्राकृतिक उपचारका ज्ञान र सिद्धान्तमा आधारित पुस्तकमा स्वासको प्रवाह र स्वर विज्ञानको ज्ञानद्वारा स्वास्थ्य सुधार, दैनिक जीवनमा स्वरको सही प्रयोग तथा चन्द्र–सूर्य स्वरद्वारा उपचारका सरल विधिबारे चर्चा गरिएको छ। यसैगरी पुस्तकमा चन्द्र–सूर्य स्वरका आधारमा १०८ प्रकारका भविष्यसूचना तथा भविष्यवाणीसम्बन्धी विषयसमेत समेटिएको लेखक पाण्डेले बताए । त्यस्तै, नाडी परीक्षण गर्ने विधिलाई पाठ्यक्रमकै रूपमा प्रस्तुत गर्दै शरीरको ऊर्जा, वाथ, पित्त र कफको अवस्था तथा समग्र स्वास्थ्यको सूक्ष्म मूल्यांकन गर्ने परम्परागत नाडी परीक्षण पद्धतिलाई व्याख्या गरिएको छ।

यसका अतिरिक्त पुस्तकमा योगदण्ड बनाउने विधि, यसको प्रयोग र लाभ, स्वास्थ्य सन्तुलन, ध्यान, मानसिक एकाग्रता तथा ऊर्जाको व्यवस्थापनसँग सम्बन्धित व्यावहारिक विषय समावेश गरिएको छ। ग्रह दोष तथा ग्रह दशा निवारणका वैदिक विधि र उपयोगी जानकारीलाई पनि पुस्तकमा स्थान दिइएको छ।

प्राचीन योग, आयुर्वेद तथा प्राकृतिक उपचारका ज्ञान र सिद्धान्तमा आधारित पुस्तकमा स्वासको प्रवाह र स्वर विज्ञानको प्रयोगमार्फत स्वास्थ्य सुधार, दैनिक जीवनमा स्वरको सही प्रयोग तथा चन्द्र–सूर्य स्वरका आधारमा उपचारका सरल विधिबारे चर्चा गरिएको छ।

पाण्डेले यसअघि पनि ध्वनि चिकित्सा, ऊर्जा चिकित्सा, Sound Healing तथा Energy Healing लगायतका विषयमा विभिन्न पुस्तक प्रकाशन गरेका छन् । नयाँ पुस्तकलाई स्वर तथा नाडी विज्ञानका परम्परागत ज्ञानलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने प्रयासका रूपमा लिइएको छ।

प्राचीन प्राकृतिक चिकित्सा तथा ध्वनि चिकित्सा केन्द्रका संस्थापक पाण्डेले प्राकृतिक चिकित्सा, ध्वनि चिकित्सा (Sound Healing), ऊर्जा चिकित्सा (Energy Healing) तथा नाडी र स्वर विज्ञानका क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि अध्ययन, अनुसन्धान तथा अभ्यास गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय