FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२१ भदौ, जनकपुर । मैथिली साहित्य क्षेत्रका थप एक दिग्गजको स्वर्गवास भएको छ । मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा। रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको हो ।

उनको शनिबार राति जनकपुरधाम उपमहानगरपालिका–११ स्थित आफ्नै निवासमा निधन भएको हो ।

डा। लालले मैथिली साहित्यमा लामो समयदेखि योगदान पु(याउँदै आएका थिए । साहित्यका विभिन्न विधामा कलम चलाएका डा। लालले कथा, कविता, गीत, लेख, पटकथा, साक्षात्कार, यात्रा वृत्तान्त तथा लोक साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् ।

उनको पहिलो प्रकाशित मैथिली रचना ‘सरस्वती वन्दना’ गीत सन् १९६० मा प्रकाशित भएको थियो । उनका चर्चित मैथिली कृतिहरूमा ‘साक्षात्कार’, ‘माधव नहि अएला मधुपुरसँ’, ‘हमर विदेश भ्रमण’, ‘महाकवि विद्यापति’ र ‘खिस्सा पिहानी’ रहेका छन् ।

त्यस्तै, ‘धनुषाधाम और मणिमण्डप’ उनको पर्यटनसम्बन्धी कृति हो । उनी मैथिली त्रैमासिक पत्रिका ‘नैमिकानन’ का सम्पादकसमेत रहेका थिए । उनका विभिन्न रचनाहरू विद्यालय तथा महाविद्यालयका पाठ्यक्रममा समेत समावेश भएका छन् ।

साहित्य क्षेत्रमा पु(याएको योगदानको कदरस्वरूप उनले वैदेही प्रतिभा पुरस्कार, त्रिमूर्ति पुरस्कार, मिथिला रत्न, ज्योतिरीश्वर साहित्य सम्मान तथा नेपाल सरकारको प्रादेशिक प्रतिभा पुरस्कारलगायतका सम्मान प्राप्त गरेका थिए ।

डा। लालको निधनसँगै मैथिली साहित्यले एक अनुभवी र समर्पित स्रष्टा गुमाएको छ ।

साहित्यिक तथा सामाजिक क्षेत्रमा सक्रिय डा। लाल विविधा मैथिली मञ्चका संस्थापक सचिव, मैथिली साहित्य परिषद्का सदस्य तथा मैथिली साहित्यकार सभाका सल्लाहकारका रूपमा आबद्ध थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय