२४ भदौ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँ कायम भएको छ ।
मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७५० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदी प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३८१.७६ अमेरिकी डलर र चाँदी ६६.३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






