१२ असोज, काठमाडौं । सोमबार शेयरबजार दोहोरो अंक घटेको छ । नेप्से १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । बिहीबार ५ अर्ब ४४ करोड रूपैयाँको कारोबार भएकोमा आज ५ अर्ब ३८ करोड रूपैयाँको कारोबार भएको छ ।
यो ०.६२ प्रतिशतको गिरावट हो । सोमबार कूल ३ सय ५७ धितोपत्रको ५८ हजार ५ सय वटा कारोबारबाट १ करोड ३१ लाख ७८ हजार १ सय २८ कित्ता शेयर किनबेच भयो । जसबाट कुल ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४ सय १४ रुपैयाँ बराबर कारोबार भयो ।
आज व्यापारबाहेक सबै उपसूचकको मूल्य घट्यो । आज केबीएल डिभेन्चरको मूल्य सर्वाधिक १२.१७ प्रतिशतले बढ्यो । लक्ष्मी सनराइज डिभेन्चरको मूल्य १० प्रतिशतले वृद्धि भयो । प्राइम बैंक डिभेन्चरको मूलय ८.८३ प्रतिशतले बढ्यो । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै १०.५८ प्रतिशतले घट्यो ।
यसबाहेक इमर्जिङ नेपाल लिमिटेड, ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड, धौलागिरि लघुवित्त वित्तीय संस्था लगायत धितोपत्रको मूल्य समेत धेरैले घटेको छ । सोमबार हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको एक हजार ३२३ रूपैयाँमा ३५ करोड ८२ लाख रूपैयाँको कारोबार भएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८४ प्रतिशत बढेको हो । दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेको छ । उक्त कम्पनीको ६९५ रूपैयाँ १० पैसामा २९ करोड ७८ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको घटेको छ ।






