FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१४ असोज, काठमाडौं । बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.८२ अंकले घटेको छ । अघिल्लो कारोबार दिन ९.६२ अंकले घटेर बन्द भएको नेप्से बुधबार पौने ५ अंकले घटेको हो । सोमबारदेखि नेप्से घटिरहेको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये जलविद्युत्, सामुहिक लगानी कोष र व्यापार बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से घटेकोे हो । सोमबार ०.३६ प्रतिशतले घटेको हो । यससँगै समग्र नेप्से २ हजार ५ सय ९८.८९ अंकमा ओर्लेको छ ।

आज कारोबारमा आएकामध्ये १०९ कम्पनीको शेयर मूल्य बढ्दा १५७ वटाको घट्यो । बाँकी १३ कम्पनीको सेयर मूल्य स्थिर छ । बुधबार कुल ४७ हजार ९ सय पटकको कारोबारमा १ करोड २६ लाख ५५ हजार ३ सय ७४ कित्ता शेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार कुल ५१ हजार २ सय ७४ पटकको कारोबारमा १ करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६५ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार नेप्सेमा कारोबार भएका शेयरमध्ये सिन्धु विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् ।

बैंकको प्रतिकित्ता शेयर मूल्य १४.३७ प्रतिशतले बढेको छ । बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.९७, विकास बैंक २७.०७, वित्त ७.३७, होटल ३८.२०, लगानी ०.१८, जीवन बीमा ४२.०३, उत्पादनमूलक २६.५८, लघुवित्त १.७२, निजर्जीवन बीमा १६.१२ र अन्य ४.०६ अंकले घटेका छन् ।

बुधबार घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २७१ रूपैयाँ ५० पैसामा ३८ करोड ४८ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७.३१ प्रतिशत बढेको हो । सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा पिपुल्स हाइड्रोपावर रहेको छ ।

उक्त कम्पनीको ३३३ रूपैयाँ ८० पैसामा २२ करोड ८३ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको घटेको छ । यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय