१५ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार ०.२६ अंकले बढेको छ । अन्तिम समयमा बजार सम्हालिँदा ०.०१ प्रतिशतले बढ्दै २५९९.१५ विन्दुमा उक्लिएको हो ।
आज १३९ कम्पनीको शेयर मूल्य बढेको छ । १२८ कम्पनीको शेयर मूल्य घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
चार अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । एक करोड २० लाख ६५ हजार ५५५ कित्ता शेयर ५१ हजार ७४५ पटकमा किनबेच भएको हो ।
बिहीबार पनि धेरै शेयर मूल्य बढ्ने कम्पनीमा सिन्धु विकास बैंक छ । बुधबार सिन्धुको शेयर मूल्य १४ प्रतिशतभन्दा धेरै बढेको थियो । बिहीबार यसको सेयर मूल्य १०.८१ प्रतिश बढेको छ ।
कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.९२, विकास बैंक १२.१९, वित्त ४.२३ र जलविद्युत् समूह १.३० अंक बढेका छन् । होटल ९.९८, जीवन बीमा १२.७०, उत्पादनमूलक ८.३३, लघुवित्त १.३२, सामूहिक लगानी कोष ०.०५, निर्जीवन बीमा ४८.२४, अन्य ५.९२ र व्यापार समूह ३४.३२ अंक घटेका छन् ।
बिहीबार सिद्धार्थ बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ४५९ रूपैयाँ ९० पैसामा ३० करोड ५३ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०.९९ प्रतिशत बढेको हो ।
सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अपी पावर रहेको छ । उक्त कम्पनीको ३४१ रूपैयाँमा २२ करोड ८१ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशतले घटेको छ ।






