१६ असोज, काठमाडौं । शुक्रबार शेयरबजार दोहोरो अंक घटेको छ । शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । कारोबार रकम ४ अर्ब नाघेको छ । कुल ३ सय ५६ धितोपत्रको ४३ हजार ६ सय ८५ कारोबारबाट १ करोड १९ लाख १२ हजार ५ सय ५० कित्ता सेयर किनबेच भएको छ ।
यी किनबेचबाट ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १ सय ८१ रुपैयाँ बराबर कारोबार भएको छ । आज म्युचअल फन्ड र व्यापारबाहेक सबै उपसमूहको मूल्य घट्यो । जसले गर्दा समग्र शेयरबजार घटेको हो । आज सबैभन्दा धेरै (०.७३ प्रतिशत) उत्पादन तथा प्रशोधन उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।
म्युचुअल फण्ड समूह ०.२० प्रतिशत र व्यापार समूह ०.६० प्रतिशतले बढेको छ । सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ । यो समूह आज ०.७३ प्रतिशतले घटेको छ ।
त्यस्तै, बैंकिङ समूह ०.३६ प्रतिशत, विकास बैंक समूह ०.५१ प्रतिशत, फाइनान्स समूह ०.२२ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५२ प्रतिशत, लगानी समूह ०.४९ प्रतिशत, जीवन बीमा समूह ०.३० प्रतिशत, माइक्रोफाइनान्स समूह ०.४१ प्रतिशत, निर्जीवन बीमा समूह ०.०६ प्रतिशत र अन्य समूह ०.१२ प्रतिशतले घटेको छ ।
एनएमबी डिबेन्चरको मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ । एसबीएल डिबेन्चरको मूल्य ८.८० प्रतिशत बढ्यो । यसबाहेक मान्डु हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, एनआईबीएल ग्रोथ फन्डजस्ता धितोपत्रको मूल्य धेरै बढेको छ ।
आज सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यसको मूल्य ८.५५ प्रतिशत घट्यो । धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य ४.९५ प्रतिशत घटेको छ । यसबाहेक मुक्तिनाथ कृषि कम्पनी, अपोलो हाइड्रोपावर, सर्वोत्तम पेन्ट्स लगायत धितोपत्रको मूल्यसमेत धेरै घटेको छ । एसबीएल डिबेन्चरको मूल्य सबैभन्दा धेरै मूल्यको कारोबार भएको छ ।
शुक्रबार १०.७५% एसबिएल डिबेन्चर २०८९ को सर्वाधिक कारोबार भएको छ । उक्त डिबेन्चरको एक हजार ३६० रूपैयाँमा २६ करोड ५३ लाख रूपैयाँको कारोबार भएको छ । दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ ।
उक्त कम्पनीको दुई हजार ७०८ रूपैयाँमा १५ करोड ५३ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये २ समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको घटेको छ ।






