FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१८ असोज, काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोले नेपालीहरूको महान् चाड बडादशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ नामक फेस्टिभ अफर सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म सञ्चालन हुने योजनामा टेक्नोका जुनसुकै मोडेलका स्मार्टफोन खरिद गर्ने ग्राहक सहभागी हुन सक्नेछन् । योजनाअन्तर्गत ग्राहकले सुन तथा चाँदीका चंगा र सिक्का जित्ने अवसर पाउनेछन् ।

अफरमा सहभागी हुन ग्राहकले नेपालभरका आधिकारिक विक्रेता वा अनलाइन माध्यमबाट टेक्नो स्मार्टफोन खरिद गरेपछि उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । त्यसपछि खुल्ने वेबसाइटमा नाम, सम्पर्क नम्बर, ठेगाना र खरिद गरिएको स्मार्टफोनको आईएमईआई नम्बर प्रविष्ट गरी विवरण पठाउनुपर्ने कम्पनीले जनाएको छ ।

विवरण दर्ता गरेपछि ग्राहकले डिजिटल स्क्र्याच कुपन प्राप्त गर्नेछन् । उक्त कुपनमा भाग्यशाली ग्राहकले तत्कालै ३० हजार रुपैयाँ बराबरको चाँदीको चंगा वा ५ हजार रुपैयाँ बराबरको चाँदीको सिक्का जित्न सक्नेछन् ।

तत्काल उपहार नपर्ने ग्राहकसमेत योजनाबाट बाहिरिने छैनन् । तत्काल उपहार पाउने र नपाउने सबै सहभागी स्वतः बम्पर लक्की ड्रमा सहभागी हुने कम्पनीले जनाएको छ । क्याम्पेनको अन्त्यमा हुने लक्की ड्रबाट एक जना विजेताले ५ लाख रुपैयाँ मूल्य बराबरको ‘सुनको चंगा’ प्राप्त गर्नेछन् ।

टेक्नो नेपाल तथा भारतका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरिजित तालापात्राले चाडपर्वको अवसरमा नेपाली ग्राहकसँगको सम्बन्ध थप मजबुत बनाउन र उनीहरूले देखाएको माया तथा विश्वासप्रति आभार व्यक्त गर्न योजना ल्याइएको बताए ।

कम्पनीले मजबुत बनावट, नेटवर्क क्षमता, टिकाउ ब्याट्री, सुलभ मूल्य तथा आफ्ना स्मार्टफोनमा उपलब्ध १०० दिनको रिप्लेसमेन्ट ग्यारेन्टीका कारण नेपाली बजारमा टेक्नोको उपस्थिति विस्तार हुँदै गएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय