FLASH NEWS
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै । दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने । नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य । भारतले दियो नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग , दुईओटा थप बन्दरगाहा पनि उपयोग गर्न पाउने । नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी । अयोध्या–जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु । तोलामा ४८ सयले बढेर २ लाख ४७ हजार ४०० भयो सुनको मूल्य ।

नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रम आयोजना गरी मनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तारका लागि बीमा सम्बन्धी नीतिगत सुधार साथै बीमितको हित सुरक्षा, समयमैं दाबी भुक्तानी र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

 

अध्यक्ष पौडेलले प्राधिकरणले आगामी दिनमा नीतिगत तहमा रहेका कमीलाई पूर्ति गर्दै बीमितको हित संरक्षण, बीमकको संस्थागत सुढीकरण, जोखिममा आधारित निरीक्षण, सुशासन प्रवद्र्धन र डिजिटल रूपान्तरणलाई प्राथमिकताका साथ दिगो रूपमा अगाडि बढाउने जानकारी दिनुभयो ।

अध्यक्ष पौडेलले बीमित, बीमक लगायत सम्बद्ध निकाय एवम् संस्थाहरूसँगको नीतिगत एवम् संस्थागत सहकार्यले बीमा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुहुँदै आगामी दिनमा सम्बद्ध सबैको सुझावका आधारमा प्राधिकरण नयाँ ढङ्गले अगाडि बढ्ने बताउनुभयो ।

 

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रलाई अझ समावेशी, डिजिटल, जोखिम सचेत र आर्थिक विकासको सहयात्री बनाउन प्राधिकरण दृढ रहेको बताउनुभयो ।

कार्यकारी निर्देशक सुवेदीले बीमा क्षेत्रमा सुशासन र अनुशासन सुदृढ गर्नका लागि प्राधिकरणले नियमन र निरीक्षण कार्यलाई थप प्रभावकारी बनाएको उल्लेख गर्नुहुँदै आन्तरिक सुशासन, संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धिका क्षेत्रमा प्राधिकरणले यसवर्ष फड्को मारेको बताउनुभयो ।

कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बहादुर बैदवार क्षेत्री, नेपाल जीवन बीमक संघका उपाध्यक्ष प्रकाश विक्रम खत्री, नेपाल लघु बीमक संघका अध्यक्ष चिरायु भण्डारी, नेपाल बीमा सर्भेयर एसोसिएसनका अध्यक्ष ऋषि कोइराला, नेपाल पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष ओम बहादुर के.सी. र नेपाल बीमा ब्रोकर संघका उपाध्यक्ष नरेश श्रेष्ठले शुभकामना म्रन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र प्राधिकरणको संचालक समितिका सदस्य मान बहादुर अर्यालले प्राधिकरणमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गर्नुभएको थियो ।

यसैगरी, अध्यक्ष पौडेल, संचालक समितिका सदस्य अर्याल र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणको ५८औं वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकूद प्रतियोगिताका विजयी कर्मचारीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका संचालक समितिका सदस्य तथा प्राधिकरणका पदाधिकारी, बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ, नेपाल लघु बीमक संघ, नेपाल बीमा सर्भेयर एसोसिएसन, नेपाल पेशागत बीमा अभिकर्ता संघ तथा नेपाल बीमा ब्रोकर संघका पदाधिकारीहरू र नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू तथा पूर्वकर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका उपनिर्देशक श्रद्धा श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय