FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ (6th Emerging Asia Insurance Awards 2025) अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर – नेपाल’ (Best Life Insurance Company of the Year – Nepal) बाट सम्मानित भएको छ।

इन्डियन च्याम्बर अफ कमर्स (ICC) द्वारा थाइल्यान्डको बैंककमा आयोजित भव्य समारोहका बीच यो पुरस्कार घोषणा गरिएको थियो। ​आयोजकका तर्फबाट प्राप्त आधिकारिक ट्रफी र प्रमाणपत्र कम्पनीको केन्द्रीय कार्यालयमा हर्षोल्लासका साथ ग्रहण गरिएको छ।
​

यो गरिमामय पुरस्कारले सिटिजन लाइफ इन्स्योरेन्सको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, परिष्कृत डिजिटल प्रविधि र आम नागरिकमाझ जीवन बीमाको पहुँच पुर्‍याउन खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा पुनः प्रमाणित गरेको छ।

​यस ऐतिहासिक सफलताको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) ले भन्नुभयो, “आज यो ट्रफी र प्रमाणपत्र कम्पनीमा प्राप्त हुँदा हामी अत्यन्तै गौरवान्वित भएका छौँ। यो अन्तर्राष्ट्रिय सम्मान हाम्रा आदरणीय ग्राहक महानुभावहरूले हामीप्रति देखाउनुभएको अटुट विश्वास, हाम्रा प्रगतिका संवाहक अभिकर्ता साथीहरू र कर्मचारी वर्गको कडा परिश्रमको प्रतिफल हो। हामी यो पुरस्कार हाम्रा सम्पूर्ण सिटिजन परिवार र शुभचिन्तकहरूमा समर्पित गर्दछौँ।”

​विगतका दिनहरूमा झैँ आगामी दिनमा पनि आफ्ना सेवाहरूलाई अझ बढी सुरक्षित, भरपर्दो, आधुनिक र प्रविधिमैत्री बनाउँदै हरेक नेपालीको सुख-दुःखको सारथी बन्न सिटिजन लाइफ इन्स्योरेन्स प्रतिबद्ध रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय