FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२६ को लागि आवेदन खुलेको छ। द हिडन ट्रेजरले एक कार्यक्रमबीच नयाँ संस्करणको घोषणा गर्दैं आवेदन खुलाएको हो।

नेपालभरि तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीले प्रतियोगितामा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ २५ गते (८ जुन) सम्म रहेको छ।

मिस नेपाल २०२६ का लागि योग्यता मापदण्ड अनुसार सहभागीको न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षबीच हुनुपर्नेछ। आवेदकसँग नेपाली नागरिकता हुनुपर्छ।

विदेशमा बसोबास गर्ने नेपालीले गृह मन्त्रालयद्वारा जारी एनआरएन कार्डका साथ आवेदन दिन सक्नेछन्। दर्ता नि:शुल्क रहेको छ।

यस वर्षको प्रतियोगिताबाट तीन जना विजेता घोषणा गरिनेछ। जसमा मिस नेपाल वर्ल्डसहित मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल रहेका छन्।

मिस नेपालको खोजीका लागि टिम देशका विभिन्न सहरहरू बिर्तामोड, इटहरी, बुटवल, पोखरा, नेपालगन्ज र जनकपुरमा सञ्चालन गरिनेछ। यस अवधिमा काठमाडौँका १० कलेजमा मिस नेपाल एक्टिभेसन अभियान सञ्चालन गरिनेछ।

अन्तिम अडिसन जेठ २६ गते (९ जुन) मा काठमाडौँमा आयोजना हुनेछ। छनोट भएका प्रतिस्पर्धीले ग्रान्ड फिनालेका लागि आवश्यक प्रशिक्षण तथा ग्रुमिङ प्राप्त गर्नेछन्।

त्यसैगरि, मिस नेपाल २०२६ को ग्रान्ड फिनालेको मिति पनि तोकिएको छ। यस वर्षको फिनाले साउन १६ गते शनिबार पुल्चोकस्थित द प्लाजामा आयोजना गरिनेछ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने विजेताले विश्वमञ्चमा प्रदर्शन गर्दै स्वदेश फर्किएका छन्। मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीले २०२५ नोभेम्बर २७ मा टोकियोमा आयोजित मिस इन्टरनेशनलमा सहभागिता जनाइन्।

त्यस्तै मिस नेपाल अर्थ २०२५ सोनी घलेले २०२५ नोभेम्बर ५ मा फिलिपिन्सको मनिलामा आयोजित मिस अर्थमा सहभागिता जनाउँदै ट्यालेन्ट राउण्ड जितिन्।

मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपालले २०२५ डिसेम्बर २० मा भियतनाममा आयोजित मिस कोस्मो प्रतियोगितामा सहभागिता जनाइन्। उनीहरूले आफ्नो सहभागिता र उपस्थितिमार्फत देशलाई गौरवान्वित बनाएको आयोजकको भनाइ छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय