FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

फिल्म बहिष्कारमा परेपछि व्यापार चौपट हुन्छ भन्ने मान्यतालाई फिल्म ‘लालीबजार’ले गलत सावित गरेको छ । प्रदर्शनपूर्व ‘खरानी ग्याङ’को फिल्म भन्दै यसविरुद्ध सामाजिक सञ्जालमा बहिष्कारको अभियान नै चलेको थियो । अदालतमा मुद्धा पर्दा एकपटक प्रदर्शन समेत रोकियो । तर, यसका बाबजुद पनि फिल्मले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ ।

हिजो सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार गत शनिबार (२ जेठ)सम्म फिल्मले ३ करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँ ग्रस कमाएको थियो । अब फिल्मको ११ दिनको बक्स अफिस तथ्यांक सार्वजनिक भएको छ । निर्माताले मंगलबार एक पोस्टरमार्फत फिल्मले सोमबार (हिजो)सम्म ४ करोड २९ लाख रुपैयाँ ग्रस कमाएको जानकारी दिएका छन् ।

फिल्मले ४ करोडको आँकडा पार गरेपछि अभिनेत्री स्वस्तिमा खड्काले दर्शकलाई धन्यवाद दिएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘पहिलो हप्ता हामीले दर्शकहरूबाट अथाह माया पायौँ । फलस्वरूप फिल्मले विभिन्न आरोह-अवरोहका बाबजुद पनि प्रदर्शनको ११ दिनमै ४ करोड २९ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ । यसको श्रेय तपाईंहरू सम्पूर्ण दर्शकहरूमा जान्छ ।’

फिल्म प्रदर्शन भएदेखि स्वस्तिमा दर्शकसँग भेट गर्न काठमाडौं र मोफसलका विभिन्न हलमा पुगिरहेकी छन् । मंगलबार उनी पूर्व पुगेकी छन् । दिउँसो विर्तामोड र दमकका विभिन्न हलमा पुगेर दर्शकहरूलाई धन्यवाद दिएकी उनी साँझ इलामस्थित फ्रेन्ड्स सिनेमाज् जाने कार्यक्रम रहेको जनाइएको छ । यसअघि उनी पोखरादेखि सुर्खेतसम्म पुगिसकेकी छन् ।

यम थापाको निर्देशनमा बनेको यस फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, रमेश बादी, तारा शर्मा लगायतको अभिनय रहेको छ । ‘जात्रा’का निर्देशक प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको यो फिल्मले बादी समुदायका आमा-छोरीको कथा पेस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय