FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

वायु प्रदूषण, ट्राफिक जाम र सवारी चाप नियन्त्रण गर्न नेपाल सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्काल रोक्का गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले आज एक पत्र जारी गर्दै सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण अत्यधिक सवारी सङ्ख्या बढ्दा प्रदूषण र आवागमनमा कठिनाइ भएको जनाएको छ ।

सरकारले यो निर्णय “सवारी तथा यातायात व्यवस्था ऐन, २०४९” को दफा २४ को उपदफा (३) अनुसार सार्वजनिक हितलाई ध्यानमा राखेर लिएको हो । सरकारले सबै प्रकारका सार्वजनिक सवारी साधन (इलेक्ट्रिक सवारीसमेत) को दर्तामा रोक लगाएको हो ।

विभागले सबै प्रदेश तथा स्थानीय यातायात कार्यालयलाई तुरुन्त कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ । सरकारले कति समयसम्म दर्ता रोक्का गरिएको हो त्यो भने खुलाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय