FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाल सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रमा गिरावट देखिएको छ ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष कृषिको उत्पादन र वृद्धिदरमा गिरावट आएको सर्वेक्षणमा देखिएको छ ।

सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा कृषि क्षेत्रको आर्थिक वृद्धिदर १.५८ प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ३.०५ प्रतिशत रहेको थियो ।

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४।० प्रतिशत रहने सर्वेक्षणले औँल्याएको छ । राष्ट्रिय कृषि गणना २०७८ लाई आधार मान्दा नेपालका कुल घरधुरीमध्ये ६२ प्रतिशत घरधुरी अझै पनि कृषि कार्यमा संलग्न रहेका छन् ।

सरकारले सिँचाइ सुविधा विस्तारमा जोड दिए पनि अझै ठुलो हिस्सा बाँझो रहेको सर्वेक्षणले देखाएको । २०८२ फागुनसम्म कुल कृषि योग्य जमिनको ४४.६ प्रतिशत भागमा मात्र सिँचाइ पुगेको छ। यद्यपि, सिँचाइ योग्य भनिएको जमिनमध्ये ६२.६ प्रतिशतमा भने सुविधा पुगेको तथ्याङ्क छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय