सरकारले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपन्छि क्षेत्रको बजेटमा ठुलो कटौती गरेको छ ।
चालु आव २०८२/८३ मा ५७ अर्ब ४८ करोड बजेट ल्याएकोमा आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ९२ करोड मात्रै बजेट ल्याएको हो ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाफर्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रासायनिक मलमा हालसम्मकै उच्च बजेट छुट्याएपछि कृषि तथा पशुपन्छी क्षेत्रको कुल बजेटमा साढे १० अर्ब बजेट घटेको हो ।






