FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

जगदम्बा मोटर्सले नेपालमा TVS Ronin मोटरसाइकलका दुई नयाँ भेरियन्ट ‘Monotone’ र ‘Agonda’ सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित कार्यक्रममार्फत नयाँ भेरियन्ट सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार Monotone भेरियन्टको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ र Agonda भेरियन्टको मूल्य ४ लाख ३९ हजार ९०० रुपैयाँ (एक्स–शोरूम) तोकिएको छ।

नयाँ भेरियन्टले आधुनिक–रेट्रो डिजाइन, आकर्षक स्टाइलिङ र प्रिमियम मोटरसाइकल सेग्मेन्टमा नयाँ विकल्प प्रस्तुत गर्ने कम्पनीको दाबी छ।

Agonda भेरियन्ट भारतको गोवास्थित प्रसिद्ध समुद्री किनार ‘Agonda Beach’ बाट प्रेरित रहेको बताइएको छ। यसको डिजाइनमा सेतो, निलो र रातो रङको संयोजन प्रयोग गरिएको छ, जसले मोटरसाइकललाई फरक र आकर्षक बनाएको छ।​​​​​​​

TVS Ronin मा २२५.९ सीसी इन्जिन प्रयोग गरिएको छ, जसले २०.४ पीएस पावर र १९.९३ एनएम टर्क उत्पादन गर्छ। साथै, यसमा Glide Through Technology (GTT), Assist & Slipper Clutch र USD फ्रन्ट फोर्क जस्ता आधुनिक फिचरहरू समावेश छन्।

कम्पनीका अनुसार यी नयाँ भेरियन्टले नेपालका युवा राइडरलाई लक्षित गर्दै प्रिमियम मोटरसाइकल बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय