आज सोमबार सुनको भाउ घट्दा चाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको २ सय रूपैयाँले घटेर ३ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ ।
हिजो आइतबार एक तोला सुनको मूल्य ३ लाख ११ हजार १०० रुपैयाँ रहेको थियो । यता चाँदीको मूल्य तोलामा १० रूपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँ कायम भएको छ ।






