FLASH NEWS
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै । दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने । नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य । भारतले दियो नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग , दुईओटा थप बन्दरगाहा पनि उपयोग गर्न पाउने । नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी । अयोध्या–जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु । तोलामा ४८ सयले बढेर २ लाख ४७ हजार ४०० भयो सुनको मूल्य ।

मिस्टर एण्ड मिस एसइई आइकन २०२६ (सिजन १३) को फिनाले राजधानीमा सम्पन्न भएको छ ।

नवप्रतिभाहरूको व्यक्तित्व, प्रतिभा र सिर्जनात्मक क्षमताको पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा किशोर तथा किशोरीतर्फका विजेताले नगद २ लाख रूपैयाँसहित उपाधि जितेका छन्।

किशोरीतर्फ तोशारा धनाहा मगर विजेता घोषित भइन्। क्रिजल लिम्बु फस्ट रनर्सअप, आभा राजोपाध्याय सेकेन्ड रनर्सअप, हृदिमा तिमल्सिना थर्ड रनर्सअप, स्मारिका तामाङ फोर्थ रनर्सअप तथा सुहासी खड्गी फिफ्थ रनर्सअप बनिन्।

किशोरतर्फ रोनिश मानन्धरले उपाधि जिते भने ओजल ढाख्वा फस्ट रनर्सअप र सुप्रित लामिछाने सेकेन्ड रनर्सअप घोषित भए। प्रतियोगितामा विभिन्न विशेष विधाअन्तर्गत पनि विजेता घोषणा गरिएको थियो।

किशोरीतर्फ स्मारिका तामाङ मोस्ट पपुलर विनर, थेरेशा शाही पब्लिक च्वाइस विनर, सरगम साउद मोस्ट एक्टिभ, यशस्वी शाक्य ब्यूटी विथ ब्रेन, आभा राजोपाध्याय मिस ट्यालेन्ट, सुहासी खड्गी मोस्ट फोटोजेनिक, कृति शाक्य बेस्ट स्टोरीटेलिङ तथा बेस्ट कन्टेन्ट क्रिएटर र तोशारा धनाहा मगर फेसन आइकन घोषित भइन्।

त्यसैगरी किशोरतर्फ स्वरुप बिष्ट मोस्ट पपुलर विनर, रोनिश मानन्धर पब्लिक च्वाइस विनर तथा मोस्ट इन्टेलिजेन्ट, सुसन मोक्तान तामाङ मिस्टर र्याम्पवाक, साथै स्वरुप बिष्ट मोस्ट फोटोजेनिक र मिस्टर ह्यान्डसम घोषित भए।

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ शिक्षाविद् डा. लाक्पा शेर्पा, वरिष्ठ ड्रेस डिजाइनर सोनाम सुब्बा लिम्बु तथा इभेन्ट म्यानेजर कामना पौडेल रहेका थिए। कार्यक्रमको कोरियोग्राफी सुमी बानियाँले गरेकी थिइन् भने सञ्चालन प्रणिमा दाहालले गरेकी थिइन्।

कार्यक्रममा ऐरी ब्युटी प्वाइन्ट, सनिल आर्ट तथा उप्स नेपालले प्रायोजन गरेका थिए भने फोटो तथा भिडियो व्यवस्थापन कथा फोटो फिल्म्सले गरेको थियो।

आयोजक एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लब बहादुर कार्कीका अनुसार प्रतियोगिताले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा उजागर गर्दै व्यक्तित्व विकास र सौन्दर्य तथा सिर्जनात्मक क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्य राख्दै हरेक वर्ष आयोजना हुँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय