FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

हिजो घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ६३ अङ्कले बढेर २ हजार ७०२ दशमलव ११ विन्दुमा पुगेको छ ।

आज बैंक, विकास बैंक, होटल तथा पर्यटन, म्युचल फन्ड, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहका सूचक बढेका छन् । आज ११६ वटा कम्पनीका शेयर बढेकामा १४० वटाको घटेका छन् । यस्तै १७ वटा कम्पनीका शेयर भने घटबढ भएका छैनन् ।

आज बुङ्गल हाइड्रोको शेयर झन्डै साढे १२ प्रतिशतले घटेको छ । बजार सामान्य बढेको दिन अपोलो हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम बढेको छ । हिजो ३ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३५३ वटा कम्पनीका १ करोड ९ लाख कित्ता शेयर ४ अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय