FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।

बोर्डका अनुसार कुल ९ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति प्राप्त भएको हो । त्यसको मूल्य ९ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० छ । अनुमति प्राप्त गरेका कूल कम्पनीमध्ये १५ वटा जलविद्युत् कम्पनी रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्जमा १०३ जलविद्युत् कम्पनी शेयरमा सूचीकृत भई कारोबार भइरहेका छन् । बोर्डबाट अनुमति पाउने र अनुमतिको प्रतिक्षामा रहेका कम्पनीमा पनि जलविद्युत्का बढी छन् । अनुमति पाएका कम्पनीमा ७ वटा उत्पादन तथा प्रशोधन क्षेत्रका छन् ।

विकास बैंक र होटल एवं पर्यटन क्षेत्रका एकरएक कम्पनी छन् । बोर्डमा कुल ९८ वटा कम्पनीले साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएका छन् । त्यसमा होटल तथा पर्यटन क्षेत्रका १८, जलविद्युत्का ३२, लगानीका पाँच कम्पनी छन् । यस्तै, उत्पादन तथा प्रशोधनका २६, माइक्रो इन्स्योरेन्सका तीन, अन्य समूहका १४ कम्पनी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय