FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (असार ८ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले असार ३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको हो। पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार १७ गतेसम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको हिस्सा बाँडफाँट गरिसकेको छ। बाँकी रहेको सर्वसाधारणतर्फको सेयर मात्र अहिले सार्वजनिक निष्काशनमा आएको हो।

नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले सोलुखुम्बुमा सञ्चालन गरेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजनाबाट २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ।

कम्पनीका अनुसार आयोजनाको कुल लागत करिब २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। आयोजना व्यावसायिक उत्पादन सुरु भएको पहिलो त्रैमासिकमै करिब ९५ प्रतिशत क्षमतामा सञ्चालनमा आएको जनाएको छ।

कुल वार्षिक सम्झौता ऊर्जा ७ करोड ४ लाख युनिट रहेको आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै करिब २८ वर्ष ९ महिना बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष र डिस्काउन्टेड पेब्याक अवधि ८.९४ वर्ष रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय