FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२२ भदौ, काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो दोस्रो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्कासन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।

कुल निष्कासन हुने इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकका लागि सुरक्षित गरिएको छ । त्यस्तै, योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि २० लाख इकाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ ।

फण्डका लागि असोज १ गतेदेखि आवेदन खुला हुनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति असोज ६ गते तोकिएको छ । सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा असोज १५ गतेसम्म म्याद थप गर्न सकिने व्यवस्था छ ।

फण्डको बिक्री खुला अवधि तथा थप गरिएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरिदका लागि आवेदन प्राप्त भएमा इकाई बाँडफाँट गर्न सकिनेछ । न्यूनतम आवश्यक संख्यामा इकाई बिक्री नभए योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिनेछ ।

‘मुक्तिनाथ म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने यो फण्डको अवधि १० वर्ष रहनेछ। यो बन्दमुखी योजना हो । फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकसमेत मुक्तिनाथ क्यापिटल लिमिटेड नै रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयरको वेब तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय