FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२६ भदौं, काठमाडौं । शुक्रबार नेप्से परिसूचकमा सुधार आएको छ । बुधबार १५.४३ र बिहीबार १३.८५ अंकले घटेको नेप्से परिसूचक शुक्रबार भने २७.९४ अंकले बढेको हो । आज कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से झन्डै २८ अंकले बढेको हो ।

अघिल्लो कारोबार दिनको तुलनामा नेप्से १.१० प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ५ सय ५९.४९ अंकमा पुगेर बन्द भएको छ । कारोबारमा आएकामध्ये २३७ कम्पनीको शेयर मूल्य बढ्दा ३१ वटाको घटे र ९ वटा समूहको शेयर मूल्य स्थिर छ ।

आज धेरै शेयर मूल्य बढ्ने मुख्य पाँच कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेड र एनसीसी डिबेन्चर छन् ।

कुल ४८ हजार ६३ पटकको कारोबारमा १ करोड २० लाख ८९ हजार ७ सय ९ कित्ता शेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा झन्डै ३६ करोडले बढेको छ ।

सबै समूहगत सूचक बढेका छन् । बैंकिङ ०.७८, विकास बैंक १.०५, फाइनान्स ०.४६, होटल तथा पर्यटन ०.९६, जलविद्युत् १.८३, लगानी १.५८, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन ०.७७, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा १.७२, अन्य ०.४२ तथा व्यापार १.४० प्रतिशत बढे ।

उपकार लघुवित्तको १०.५३, अभियान लघुवित्तको १०.०९, सिन्धु विकास बैंकको ९.५४, सर्वोत्तम पेन्ट्सको ८.०४, राप्ती हाइड्रोको ६.१८ प्रतिशत मूल्य बढ्यो । त्यस्तै मल्टिपर्पस फाइनान्सको ५.७१, इमर्जिङ नेपालको ४.२१, ओम मेगाश्री फर्मास्युटिकल्सको ४.०० प्रतिशत मूल्य घट्यो ।

शुक्रबार लिभर्टी इनर्जीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २५२ रूपैयाँ २० पैसामा ३६ करोड ६६ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २.४८ प्रतिशत बढेको हो ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ । उक्त कम्पनीको १ हजार ४३९ रूपैयाँमा १८ करोड ५१ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नप्से बढेको हो । यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय