२० असोज, काठमाडौं । लगातार घटेको शेयरबजारमा आज दोहोरो अंकको सुधार देखिएको छ । मंगलबार शेयरबजार परिसूचक नेप्से ११.९६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २५७८ अंकमा कायम भएको छ ।
कारोबार रकममा घटेको छ । अघिल्लो दिन ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज ३ अर्ब १३ करोडको भयो । आज १६९ कम्पनीको मूल्य बढ्दा ९५ को घटेको छ । १५ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज बैंकिङ ०.६५, विकास बैंक ०.५५, फाइनान्स ०.१५, होटल तथा पर्यटन ०.५३, जलविद्युत् ०.६२, लगानी ०.४३, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.२७, अन्य ०.३९ तथा व्यापार ०.८२ प्रतिशत बढे । निर्जीवन बीमा ०.०६ प्रतिशत घट्यो । त्यस्तै माइक्रोफाइनान्स ०.१७ अंक घट्यो ।
त्रिशूली जलविद्युतको मूल्य ५.११, सालपका विकास बैंकको ३.७७, हाथवे इन्भेस्टमेन्टको ३.६५, बुटवल पावरको ३.५७ तथा लिबर्टी इनर्जीको मूल्य ३.५० प्रतिशत बढ्यो । सर्वोत्तम पेन्ट्सको ४.९४, चिरख्वा हाइड्रोपावरको ३.०० उन्नति सहकार्य लघुवित्तको २.८४ प्रतिशत मूल्य घट्यो ।
आज सर्वाधिक गुमाउने कम्पनीमा सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज रहेको छ । यो कम्पनीको ४.९४ प्रतिशत घटेर सेयरभाउ ११३६ रुपैयाँ कायम भएको छ ।
एनआईबिएल ग्रोथ फण्डको ४.४४ प्रतिशत, चिरख्वा हाइड्रोको ३ प्रतिशत, नबिल डिबेञ्चरको २.९६ प्रतिशत, ग्लोबल आइएमई डिबेञ्चरको २.९१ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको २.८४ प्रतिशत, एनआईसी एशिया ब्यालेन्स्ड फण्डको २.७८ प्रतिशत बुंगल हाइड्रोको २.७० प्रतिशत, कालिञ्चोक दर्शन लिमिटेडको २.६९ प्रतिशत र कुमारी सबल योजनाको २.४० प्रतिशत घटेको छ ।
यसैगरी सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७५ अंकले बढेर १५५ दशमलव ८४ मा पुगेको छ । आज विभिन्न कम्पनीका ८९ लाख ५५ हजार २३० कित्ता शेयर ३ अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ मूल्यमा खरिद बिक्री भए ।






