FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सानिगाड हाइड्रो लिमिटेडकाे आईपीओमा ५.८८ गुणा बढी आवेदन परेकाे छ । आवेदन दिने अन्तिम दिन जेठ २१ गते बिहीबार साँझ ५ बजेसमम ५.८८ गुणा बढीकाे आवेदन परेकाे हाे ।

कम्पनीले सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेका हाे। ​​​जसमा २४ लाख ९५ हजार ४३४ जनाले २ कराेड ७५ लाख २८ हजार १०० कित्ताका लागि आवेदन परेकाे छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि बाँकी शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियाे।

कुल २ अर्ब ८५ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले पूँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकिएको छ। साथै १ लाख ७१ हजार कित्ता शेयर कर्मचारी र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

आईपीओ निष्काशनका लागि गरिएको मूल्याङ्कनमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रएनपी–आईआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

कम्पनीले प्रवर्द्धन गरेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ३ महिना बाँकी छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.२५ वर्ष तथा छुट दर (डिस्काउन्ट) आधारमा लगानी फिर्ता अवधि १४.६९ वर्ष रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय