FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

पूर्व उपप्रधान तथा अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखिने भएको छ ।

विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धान अपूरो रहेको भन्दै थप तीन दिन म्याद थप गर्न अनुमति दिएको हो ।

पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसअघि विशेष अदालतले असार ८ गतेदेखि लागू हुने गरी सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

यसअघि प्राप्त सात दिनको म्याद असार १४ गते सकिएपछि अनुसन्धान जारी राख्न आवश्यक रहेको भन्दै अनुसन्धान निकायले पुनः म्याद थपको माग गरेको थियो। अदालतले उक्त माग स्वीकृत गर्दै पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पौडेलमाथिको अनुसन्धान जारी रहेको सम्बन्धित निकायले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय