FLASH NEWS
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुवाहक हाइस कर्णाली नदीमा खसेको छ ।

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–स्थित साङ्गेतडामा आज बिहान उक्त दुर्घटना भएको हो ।

प्रहरीका अनुसार कर्णाली ०३–००१ ख १०५५ नम्बरको हाइस करिब ५०० मिटर तल नदीमा खसेर डुबेको अवस्थामा छ ।

गाडीमा यात्रु कति थिए भन्ने यकिन भएको छैन । प्रहरीका अनुसार दुर्घटनास्थलमा उद्धार टोली परिचालन गरिएको छ तर गाडी नदीभित्र डुबेकाले उद्धार तथा खोजी कार्य कठिन भइरहेको छ ।

हालसम्म कोही पनि घाइते वा जीवित फेला नपरेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय